Logo

सेयर कारोबार समय दैनिक १ घण्टा थपिने, सेबोनले नेप्सेलाई काट्यो चिठी

सेयर कारोबार समय दैनिक १ घण्टा थपिने, सेबोनले नेप्सेलाई काट्यो चिठी



काठमाण्डौ । सेयर कारोबारको समय दैनिक १ घण्टा बढाईने भएको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दैनिक ४ घण्टा सेयर कारोबार हुँदै आएकोमा अबका दिनमा दैनिक ५ घण्टा सेयर कारोबार हुने भएको हो ।

laxmi

दोस्रो बजारमा हुने सेयर कारोबार समय दैनिक १ घण्टा बढाउन नेपाल धितोपत्र बोर्डले पत्र काटेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

‘धितोपत्र बोर्डले अबका दिन कारोबार समय १ घण्टा बढाएर विहान साढे १० बजेदेखि दिउसो साढे ३ बजेसम्म सेयर कारोबार गर्न पत्र काटेको छ,’ साउदले भने, ‘यस विषयमा नेप्सेले गृहकार्य सुरु गरेको छ ।’

दैनिक कारोबार समय बढाउनका लागि सिडिएससीको सफ्टवेयरमा परिमार्जन गर्नुपर्ने भएकाले केही समय लाग्ने समेत साउदले जानकारी दिए । ‘सिडिएससीको सफ्टवेयर नेप्सेको जस्तो छैन यसको सोर्स कोर्ड भारसँग छ,’ उनले भने, ‘यसका लागि भारतीय पक्षसँग छलफल गरेर मात्र दैनिक कारोबार समय बढाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL