Logo

नाडाको एक दिने ‘भिसिटीएस’ प्रशिक्षण कार्यक्रम सम्पन्न, ८१ कम्पनीको सहभागिता

नाडाको एक दिने ‘भिसिटीएस’ प्रशिक्षण कार्यक्रम सम्पन्न, ८१ कम्पनीको सहभागिता



काठमाडौं । अटो मोबाइलस एसोशिएसन अफ नेपाल (नाडा) ले ६८ औ विश्व भन्सार दिवसको अवसरमा भन्सार, भिसिटीएस तथा कर सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

राजधानीमा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा अटोमोवाइल व्यवसायीहरुले भोगेका विविध समस्याहरुलाइ उजागर गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । नाडाका ८१ सदस्य फर्म÷कम्पनीहरु सहभागी भएको सो कार्यक्रममा अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जानकारी दिएको छ ।

सोही कार्यक्रममा भन्सार बिभागका महानिर्देशक सुमन दाहालले आममानिसहरुले अझै भन्सारसँग साक्षात्कार हुन नसकेको जानकारी दिएका छन । साथै उनले मालवस्तुहरुको सहि मूल्य घोषणा व्यवसायीहरुले नै गर्ने र भन्सार प्रणाली र कर प्रणाली व्यवसायीहरु मै निहित भएको बताए ।

साथै उनले कार्यक्रममा बोल्दै भन्सार विभागले डिजिटल प्रणाली लागु गर्ने बताएका छन । विभागले आशिकुडा वल्र्ड पनि लागु गर्दै लगेको बताउँदै उनले डुईङ विजनेशको स्तरमा नेपाल भारत भन्दा अगाडि रहेको बताए ।

कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार, भिसिटिएस तथा कर सम्बन्धमा व्यवसायीहरुमा अन्योलता रहेको बताए । त्यसको समाधानको लागि सम्बन्धित विभागहरुको सहयोगमा प्रशिक्षण कार्यक्रम गरिएको उनले बताए ।

सो कार्यक्रममा भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, राजस्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मी, आन्तरिक राजस्व विभागका शाखा अधिकृत राजु प्याकुरेल, र चार्टड एकाउन्टेन साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL