Logo

आइएमई अटोमोटिभ्सले ल्यायो हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल, सुरुवाती मूल्य २७ लाख रुपैयाँ

आइएमई अटोमोटिभ्सले ल्यायो हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल, सुरुवाती मूल्य २७ लाख रुपैयाँ



काठमाडौं । हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल नेपाल भित्रिएको छ । हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा भित्रिएको हो । आइएमई गु्रपअन्तर्गत आइएमई अटोमोटिभ्सले नाडा अटोशो २०१८ बाट नेपालमा हार्लेको बिक्री वितरण सुरु गरेको थियो । यसअघि कम्पनीले आइरन८८३ र फ्याट व्यय मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । ७५०सीसी सेग्मेन्टमा यो मोटरसाइकल २ भेरियन्टमा उपलब्ध रहेको छ। स्ट्रीट ७५० र स्ट्रीट रड ७५० । हाल यो मोटरसाइकल किन्न चाहने ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्ट्रीट ७५० र स्ट्रीट रड ७५०मा लिक्वीड कुल्ड, २ सिलिन्डर, ४भल्भ ७४९सीसी इन्जिन रहेको छ। स्ट्रीट ७५०को इन्जिनले ५९एनएम टर्क तथा ५३बीएच पावर जेनेरेट गर्छ । यस्तै स्ट्रीट रड ७५० को इन्जिनले ६३एनएमटर्क जेनेरेट गर्छ। यी दुवै मोटरसाइकलमा ६स्पीडको गियरबक्स जडान गरिएको छ । स्ट्रीट रड ७५०को लम्बाई २१३१एमएम, सिट हाइट७५६ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र ह्वीलवेस १५०८एमएम रहेको छ । स्ट्रीटरड ७५०को फ्रन्टमा ३०० एमएमको डबल र रियरमा २६०एमएमको सिगंल डिस्क ब्रेक रहेको छ ।

यस्तै स्ट्रीट ७५०को लम्बाई २२१४ एमएम, सिटहाइट ६५२ एमएम, ग्राउन्ड क्लियरेन्स १४४ एमएम र ह्वीलवेस १५१८ एमएम रहेको छ । स्ट्रीट ७५०को फ्रन्टमा २९२एमएम र रियरमा २६०एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको छ ।

यी मोटरसाइकलमा बेल्ट राइड, आल्मुनियम अलोय ह्वील, टियरड्रप फ्यूल ट्याङक, बार इन्डमिरर, एनालग स्पीडो मिटर, फ्यूल वार्निङ इन्डिकेटर, लो आयल इन्डिकेटर, पिलियन सिट, इन्जिन किल स्वीच, डिजिटल ट्रिप मिटरजस्ता विशेषता रहेका छन् । स्ट्रीट भर्जन नेपालमा उपलब्ध हार्ले मोटरसाइकलहरु मध्ये सबैभन्दा कम मुल्य को हो ।

विभिन्न कलर अप्सनमा ग्राहकको चाहाना अनुरुप कम्पनीले मोटरसाइकल भित्र्याउने जनाएको छ भने कलर अनुसार मोटरसाइकलको मूल्य समेत फरक हुनेछ । नेपाली बजारमा भित्रिएको हार्ले स्ट्रीटको सुरुवाति मूल्य २३ लाख र स्ट्रीट रड ७५०को सुरुवाती मूल्य २७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL