Logo

आईएमईले ल्यायो ‘स्कर्टस’का निर्माण सामग्री, गोंगबुमा अत्याधुनिक शोरुम

आईएमईले ल्यायो ‘स्कर्टस’का निर्माण सामग्री, गोंगबुमा अत्याधुनिक शोरुम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ माघ, काठमाडौं । आईएमई अटोमोटिभ्स्ले ‘स्कर्टस कन्स्ट्रक्सन इक्युपमेन्ट’ को नेपालमा विक्री शुरु गरेको छ । आईएमई ग्रुप अन्तरगत रहेको अटोमोवाइल सेवा प्रदायक कम्पनीले अटोमोटिभ्स्ले स्कर्टस ब्राण्डका कन्स्ट्रक्सन इक्युपमेन्टहरु नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीले स्कर्टसको कन्स्ट्रक्सन निर्माण सामग्री नेपाली बजारमा भित्र्याउनुका साथै काठमाडौंको गोङ्गबुमा त्यसका लागि अत्याधुनिक शोरुम समेत स्थापना गरेको छ । सोमबार एक कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, स्कर्टसका प्रमुख कार्यकारी अधिकृत सुनिल सक्सेना, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन, नेपाल युवा कन्स्ट्रक्सन व्यवसायी संघका अध्यक्ष निकोलस पाण्डे र नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा उक्त शो रुमको उद्घाटन गरेका थिए ।

escort-construction-equipment

शोरुम उद्घाटन कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको पूर्वाधार विकासमा अझ धेरै काम गर्न बाँकी रहेको बताउँदै यस्ता कन्स्ट्रक्सन सामग्रीले देश विकासको लागि ठूलो सहयोग पुर्याउने बताए । ‘कुनै पनि देशमा विकासको शुरुवात सडकलगायतका पूर्वाधारबाट हुन्छ,’ उनले भने, ‘सडक निर्माणमा स्कर्टसका कन्स्ट्रक्सन इक्युपमेन्टले निर्माण व्यवसायीलाई ठूलो सहयोग गर्नेछ ।’

यसैगरी, स्कर्टस कन्स्ट्रक्सन इक्युपमेन्टका प्रमुख कार्यकारी अधिकृत सुनिल सक्सेनाले आईएमईसँगको साझेदारीमा नेपालमा आफ्ना सवारीसाधन भित्र्याउन पाउँदा खुशी लागेको बताए । साथै, आफ्ना सवारीसाधन किन्ने ग्राहकहरुलाई विक्री पछिको सेवामा पनि कुनै कमि हुन नदिने विश्वास व्यक्त गरे ।

अटोमोटिभ्स्ले स्कर्टस ब्राण्डका भ्याकु, लोडर, क्रेन, रोलर, फ्रकलिफ्टजस्ता पूर्वाधार निर्माण सामग्री नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीको कर्पोरेट कार्यालय आईएमई कम्प्लेक्स पानीपोखरीमा रहेको आईएमई अटोमोटिभ्स्ले गोंगवुको शोरुमबाट स्कर्टसका सवै प्रकारकार निर्माण सामग्री उपलब्ध गराउने भएको छ । यस्तै, नयाँ बसपार्कमा कम्पनीको रहेको छ ।

अटोमोटिभ्स्ले यसअघि भारतीय कम्पनी इसर ग्रुप अन्तरगत रहेको एएमडब्लुको उत्पादन ड्रक, टिप्पर र टेलर विक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL