Logo

नेप्सेमा साढे ९ अंकको गिरावट, प्राइम बैंकको मात्र सवाँ २ करोडको कारोवार

नेप्सेमा साढे ९ अंकको गिरावट, प्राइम बैंकको मात्र सवाँ २ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३१ जेठ, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ९ दशमलव ६१ अंकले घटेको छ । राजनीतिक सहमति भएर देशमा संविधान बन्ने आशमा उकालो लागेको नेप्से परिसुचक केही दिन यता पुनः ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से अन्तमा ९ सय २८ दशमलव ३५ अंकमा आएर अडिएको छ ।

आइतबार उत्पादनमुलक समुहबाहेक सवै परिसुचकहरु ओरालो लागेका छन् । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ६७ अंकले ओरालो लागेको छ भने जलविद्युत् समुहको परिसुचक ३८ अंकले घटेको छ । यसैगरी, बैंकिङ समुहको परिसुचक पनि ९ दशमलव ७५ अंकले घटेको छ ।

दिनभर बजारमा १ सय १७ कम्पनीको सेयर कारोवार भएको थियो । ति कम्पनीको १७ करोड ५९ लाख रुपैयाँ बरावरको ६ लाख ४५ हजार कित्ता सयेर कारोवार भएको नेप्सेले जनाएको छ । बजारमा सवैभन्दा बढी प्राइम कमर्सियल बैंकको २ करोड २२ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL