Logo

इन्सट्यान्ट मिल्स प्रालिले ल्यायो माल्टोजीङ्ग हर्लिक्स, बजार मूल्य ३५० रुपैयाँ

इन्सट्यान्ट मिल्स प्रालिले ल्यायो माल्टोजीङ्ग हर्लिक्स, बजार मूल्य ३५० रुपैयाँ



काठमाडौं । इन्सट्यान्ट मिल्स प्रालिले ‘माल्टोजीङ्ग’ हर्लिक्स शनिबार देखी बजारमा ल्याएको छ ।
चौधरी ग्रुप अन्तर्गतको बिएलसी होल्डीङ्स अन्तर्गत इन्सट्यान्ट मिल्स प्रालिको उत्पादन र प्रवद्धनमा धौधरी ग्रुपले उक्त हर्लिक्स बजारमा ल्याएको हो ।

laxmi

चाउचाउ लगायतका बिभिन्न उत्पादन गर्दै आएको चौधरी ग्रुपले शनिबार एक कार्यक्रम गर्दै माल्टोजीङ्ग हर्लिक्स बजारमा ल्याएको हो ।

माल्टोजीङ्ग हर्लिक्सले कुपोषण तथा पुड्कोपनको समस्यालाई पनि समाधान गर्ने अभिप्रायले उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देशक पारश शाक्यले जानकारी दिएका छन ।

मष्तिष्क, हाड र शरिरलाई अतिआवश्यक तत्वहरु रहेको उक्त हर्लिक्समा मल्टी भिटामिन, आयोडिन, भिटामिन ए, सी,डी र अत्यावश्यक खनिज तत्वहरु लगायतको मिश्रण रहेको कम्पनीले जानकारी दिएको छ ।

आधा किलोग्रामको जारमा पाईने माल्टोजीङ्ग हर्लिक्सको बजार मूल्य भने अरुको तुलनामा २५ रुपैयाँ कम गरेर ३ सय ५० रुपैयाँ कायम गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL