Logo

नियम पालना नगर्ने ४ वटा क्यापिटललाई धितोपत्र बोर्डको कारबाही, पहिलोपटक तिरायो जरिवाना

नियम पालना नगर्ने ४ वटा क्यापिटललाई धितोपत्र बोर्डको कारबाही, पहिलोपटक तिरायो जरिवाना



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम विपरित काम गर्ने चार वटा योजना व्यवस्थापक (क्यापिटल) लाई कारबाही गरेको छ । बोर्डले स्थलगत तथा ग्रैह्रस्थलगत निरीक्षणको क्रममा सामूहिक लगानी कोष नियमावली विपरित काम गरेको पाइएपछि विभिन्न ४ वटा योजना व्यवस्थापकलाई कारबाही गरेको हो ।

बोर्डका अनुसार नियम पालना नगर्ने सिबिआइएल क्यापिटल लि, एनआईसि एशिया क्याापिटल लि, लक्ष्मी क्यापिटल मार्केट लि, र एनएमबि क्यापिटल लि, लाई कारबाही गरेको हो ।

ती कम्पनीले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दश प्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा तोकिएकोमा बढी लगानी गरेको पाइएको बोर्डले जानकारी दिएको छ । साथै बोर्डका अनुसार नियम उल्लंघन गर्ने कम्पनीलाई पहिलो पटक जरिवाना गरिएको हो ।

बोर्डले एनएमवि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, र सिबिआईएल क्यापिटल लिमिटेडलाई ३५ हजार रुपैयाँका दरले कारबाही गरेको छ । यसैगरी एनआईसि एशिया क्यापिटल लिमिटेडलाई भने २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL