Logo

बजाजले ल्यायो नोटको बोट योजना, रु.१ लाखसम्म जित्न सकिने

बजाजले ल्यायो नोटको बोट योजना, रु.१ लाखसम्म जित्न सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

३ चैत,काठमाडौं । बजाज बाइकको नेपालका लागि आधिकारीक विक्रेता हंसराज हुलासचन्दले नयाँ वर्षका लागि ‘नोटको बोट’ योजना ल्याएको छ । बुधवार देखि लागु गरिने योजनामा बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुलाई एउटा स्क्र्याच कुपन दिइनेछ ।

यस पटकको स्क्र्याच कुपनमा ११ वटा स्क्र्याच गर्ने ठाउँहरु छन् (जसलाई रुखको पातका रुपमा देखाइएको छ) । पहिलो १० पटक स्क्र्याच गरेको अंकहरु जोडिने छन् । ११औ पटक स्क्र्याच गर्दा आएको अंकले गुणा गरिनेछ र जति अंक् आउँछ त्यति नगद पुरस्कार ग्राहकहरुलाई दिइने कम्पनीले जानकारी दिएको छ ।

११ पटक स्क्र्याच गर्न पाउने भएकाले यसपाली ग्राहकहरुले धेरै नगद पुरस्कार जित्न सक्ने सम्भावना बढी भएको कम्पनीको दावी छ ।

स्क्र्याच कुपनबाट ग्राहकहरुले रु १ लाखसम्म नगद पुरस्कार जित्न सक्नेछन् । योजनामा भाग लिनका लागि ग्राहकहरुले नेपालका विभिन्न भागमा भएका बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनु पर्नेछ । हंसराज हुलासचन्द प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले एच.एच. बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL