Logo

उतारचढाव हुँदै ५ अंकले ओरालो लाग्यो नेप्से, निराश बन्दै लगानीकर्ता

उतारचढाव हुँदै ५ अंकले ओरालो लाग्यो नेप्से, निराश बन्दै लगानीकर्ता



काठमाडौं । सोमबार नेप्से परिसुचकमा उचारचढाव हुँदै अन्तमा घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तिम समयमा केही बढेर पुनः घटेको हो ।

लामोसयमदेखि घट्न सुरु गरेको बजारले आज पनि त्यसैलाई निरन्तरता दिएको छ । बजारमा नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लागेका छन् । पछिल्लो समय दैनिक रुपमा सेयर बजार लाग्न थालेपछि लगानीकर्ताहरु निरास बन्न थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सोही अनुरुप कारोबार रकममा पनि गिरावट आएको उनीहरुको तर्क छ ।

सोमबार प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा बीमा समुहको परिसुचक २१ अंकले घट्दा अन्य समुहको परिसुचकमा सामान्य गिरावट आएको छ । बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा ५ दशमलव ३४ अंकको गिरावट आएको छ भने लघुवित्त समुहको परिसुचक पनि सोही अनुरुप घटेको छ ।

तर बजारमा विकास बैंक समुह र होटल समुहका परिसुचक सामान्य उकालो लागेका छन् ।

दिनभर बजारमा १ सय ५९ कम्पनीका ६ लाख ७२ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा २० करोड ४५ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । बजारमा ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र १ करोड रुपैयाँभन्दा माथीको सेयर कारोरबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL