Logo

संविधानसँगै रुमलियो नेप्से, साताको अन्तिम दिन साढे ३ अंकले घट्यो

संविधानसँगै रुमलियो नेप्से, साताको अन्तिम दिन साढे ३ अंकले घट्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

८ माघ, काठमाडौं । संविधान सभामा देखिएको अन्योलतासँगै नेप्से परिसुचक पनि रुपमलिएको छ । संविधान निर्माणमा राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा नेप्सेले पनि गति लिन सकेको छैन । राजनीतिक सहमति हुने आशामा साताको दुई दिन उच्च रुपमा बढेको नेप्से परिसुचक त्यस यता ओरालो लागेको छ ।

साताको अन्तिम दिन विहीबार पनि नेप्से परिसुचक ३ दशमलव ५६ अंकले घटेको छ । शुरुका केही समय उच्च रुपमा घटेको नेप्से परिसुचक अन्तमा साढे ३ अंकले घटेर ९ सय ५९ दशमलव २४ अंकमा झरेर अडिएको छ ।

विहीबार सबैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ३१ दशमलव १३ अंकले घटेको छ । यस्तै, बैंकिङ् समुहको परिसुचक पनि ४ दशमलव ३ अंकले बढेको छ । बजारमा विकास बैंक, फाइनान्स, उत्पादनमुलक र अन्य समुहका परिसुचक पनि समान्य ओरालो लागेको छ । तर, बीमा र होटल समुहको परिसुचक भने सामान्य बढेको छ ।

विहीबार कारोवार रकम पनि बढ्न सकने । दिनभर कुल २८ करोड ८६ लाख रुपैयाँ बरावरको ६ लाख ६७ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL