Logo

बजारमा नेप्से परिसुचक कारोबार रकम दुबै घटे, किन तानिए बुटवल पावरमा लगानीकर्ता

बजारमा नेप्से परिसुचक कारोबार रकम दुबै घटे, किन तानिए बुटवल पावरमा लगानीकर्ता



काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक ८ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ८ दशमलव २७ अंकले घटेको हो ।

बजारमा अतिरिक्त बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक घट्न पुगेको छ । बीमा समुहको परिसुचक ८१ अंकले घट्दा बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा ५ अंकको गिरावट आएको छ ।
यसैगरी, होटल समुहको परिसुचक ४० अंकले घट्दा विकास बैंक समुह १४, माइक्रोफाइनान्स २१, उत्पादनमुलक समुहको परिसुचकमा १० अंकको गिरावट आएको छ ।

पछिल्लो समय बजारमा नेप्से परिसुचक घट्नुका साथै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर कुल ४३ करोड ४२ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ स य ५९ कम्पनीको ११ लाख कित्ता सेयर कारोबार भए ।

बजारमा बुटवल पावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । भर्खरै मात्र चिनियाँ लगानी भित्र्याएर हिमताल र मस्र्याङ्दी जलविद्युत आयोजना गरी ८ सय ८२ मेगावाट जलविद्युत आयोजना खरिद सम्झाता गरेको बुटवल पावर आज लगानीकर्ताको आकर्षण बढेको हो । दिनभर पुटवल पावरको ६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार ओरालो लाग्दा पनि बुटवल पावरको सेयर प्रतिकित्ता १३ रुपैयाँले बढ्दै उच्च कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL