Logo

अर्थमन्त्रीको ‘अनुत्पादक’ अभिव्यक्तिलाई नेप्सेको ‘ब्याकफायर’, किन आत्तिदै छन् लगानीकर्ता ?

अर्थमन्त्रीको ‘अनुत्पादक’ अभिव्यक्तिलाई नेप्सेको ‘ब्याकफायर’, किन आत्तिदै छन् लगानीकर्ता ?


बिजखबर संवाददाता
27
Shares

नेपालीमा एउटा उखान छ बाघ कराउनु र बाख्रा हराउनु  । अहिले त्यही उखान नेपालको सेयर बजारमा लागू भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारलाई अनुत्पादक क्षेत्र भनेर अभिव्यक्ति दिएकै कारण लगानीकर्ताहरु त्रसित भएर सेयर बिक्री गर्न थालेका छन् । अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर संचारमाध्यममा दिएको अभिव्यक्ति कै कारण बजार दिनानुदिन उच्च रुपमा ओरालो लागेको थियो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अबका दिनमा राज्यले रोजगारी सिर्जना गर्ने उद्योगलाई बढी प्रशय दिने बताउँदै आएका छन् । जसमा कारण आगामी दिनमा सकारले सेयर बजारमा क्षेत्रमा नयाँ नीति नियम ल्याएर कडाइ गर्ने संकेत दिएका कारण लगानीकर्ताहरु त्रसित भएर सेयर बिक्री गर्न थालेका छन् ।

यसैगरी केही समयअघि नेपाल धितोपत्र बोर्डले सेयर बजार स्रोत नखुलेको रकम ( कालोधन) भित्रन दिनलाई रोक्ने, लगानीकर्ताको पहिचान गर्नेजस्ता विषय उठाउँदा पनि सोही अनुरुप सेयर बजारमा गिरावट आएको छ । नियामक निकायले सेयर बजारलाई नियमन गर्ने अभिव्यक्ति दिने वितिकै सेयर बजारमा उच्च रुपमा उचारचढाव आउने गरेको हो । बोर्डले पूँजी बजारमा कालोधन भित्रिएको आशंकामा छानविन अघि बढाएसँगै धेरै जसो लगानीकर्ताहरु सस्तोमा भएपनि सेयर बेचेर निक्लिएका थिए । अहिले पनि त्यस्तै समस्या दोहोरिएको छ ।

नेपालको पूँजी बजारमा परिपक्क नभएको र सिमित व्यक्तिको चलखेलले गर्दा समयसमयमा समस्यामा पर्ने कारणले गर्दा पनि अर्थमन्त्रीको अभिव्यक्ति प्रति लगानीकर्ताहरु त्रसित भएको एक लगानीकर्ता बताए । ‘पूँजी बजारमा कतिपय व्यक्तिले स्रोत नुखेका पूँजीलाई पनि प्रवेश गराएका छन्,’ ती लगानीकर्ताले भने, ‘अर्थमन्त्रीको अभिव्यक्ति र बजारमा अहिले देखिएको अवस्था त्यसैको फ्युजन हो ।’

यस्तै नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरे पनि सेयर बजार अझै ओरालो लाग्ने बताउँछन् । ‘पछिल्लो समय बजारमा भएको ओभर सप्लाई तथा उच्च ब्याजदरका कारण सेयर बजार दैनिक जसो ओरालो लाग्दै आएको थियो,’ उनले भने, ‘अर्थमन्त्रीको अभिव्यक्तिले त्यसलाई थप मलजल पुर्याएको छ ।’

सोही अनुरुप साताको पहिलो दिन नेप्से परिसुचक ५४ अंकसम्म घट्न पुगेको थियो । बजार खुलेदेखि नै ओरालो लागेको बजारमा बन्द हुने समयमा केही सम्हालिँदै ४१ दशमलव ५६ अंकले घटेको छ । आइतबार नेप्से परिसुचक १ हजार ३ सय अंकभन्दा तल झरेकोमा बन्द हुँदा १ हजार ३ सय ४ अंकमा थामिएको छ ।

बजारमा सबै समुहका परिसुचकमा उच्च गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक २ सय ८६ अंकले घट्यो भने बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ३५ दशमलव ४२ अंकले ओरालो लागेको छ । यसैगरी फाइक्रोफाइनान्स समुह ५९, विकास बैंक समुह ४१, जलविद्युत ६२ र उच्पादनमुलक समुहको परिसुचक ५३ अंकले घटेका छन् ।

आईतबार बजारमा कारोबार रकम पनि ५० करोड रुपैयाँभन्दा तल नै खुम्चिएको छ । दिनभर कुल ४८ करोड ३९ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५१ कम्पनीको १३ लाख ११ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स र नेपाल बैंकको सेयर बढी खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL