Logo

सामसङका ग्राहकलाई कुकिङ क्लास, कम तेलको प्रयोगबाटै उत्कृष्ट परिकार

सामसङका ग्राहकलाई कुकिङ क्लास, कम तेलको प्रयोगबाटै उत्कृष्ट परिकार


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । सामसङले आफ्ना ग्राहकहरुलाई लक्षित गरी कुकिङ क्लासको आयोजना गरेको छ । सामसुङ इलोक्ट्रोनिक्सको नेपालस्थित आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्सले चितवनमा कुकिङ क्लास प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

हिम इलोक्ट्रोनिक्सले सामसङ प्लाजामा माइक्रोवेभ ओभन कुकिङ क्लास तथा सामसङ्गका उत्पादन सम्बन्धी जानकारीमुलक कार्यक्रम आयोजना गरेको थियो ।

माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न परिकारहरु बनाउन सिकाउने उद्देश्य अनुरुप सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । सो प्रशिक्षणमा सहभागिहरुले सामसङ्गको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाऊ, मटर–पनिर, ग्रिल्ड फिस, पिज्जा, केक र अन्य परिकारहरु पकाउने प्रशिक्षण लिएका थिए ।

प्रशिक्षणमा सामसङ्गका स्लिम फ्राइ माइक्रोवेभ, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शनका साथै यसका बिशेषताको बारेमा जानकारी गराइएको थियो । उक्त सामानको प्रयोगबाट अन्यको तुलनमा ८० प्रसितशत कम तेलको प्रयोग गरी परिकार पकाउन सकिने कम्पनीको दावी छ ।

कार्यक्रममा सामसङ प्लाजाका निर्देशक सीमा गोल्छाले उक्त तालिमसँगै सहभागिहरुले सामसङको माइक्रोवेभ ओभन प्रयोग घरमा पनि मीठो परिकार पकाउन सक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL