Logo

केयर रेटिङ्स नेपालको औपचारिक कारोबार शुरु, पहिलो रेटिङ स्वदेशी लघुवित्तको

केयर रेटिङ्स नेपालको औपचारिक कारोबार शुरु, पहिलो रेटिङ स्वदेशी लघुवित्तको


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केयर रेटिङ्स नेपाल प्रालिले औपचारिक कारोबार शुरु गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमकाबीच औपचारिक कारोबार शुरु गरिएको जानकारी दिएको हो । औपचारिक कारोबार शुरु गरेको सो कम्पनीले पहिलो रेटिङ स्वदेशी लघुवित्त कम्पनीको गर्ने भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादूर कार्कीले क्रेडिट रेटिङ बैङ्क तथा वित्तीय संस्थामा अनिवार्य गर्नु पर्ने बताए । ‘सबै बैङ्क तथा वित्तीय संस्थामा रेटिङ निर्धारणलाई अनिवार्य गर्न नेपाल राष्ट्र बैङकले पहल गर्नुपर्छ,’ उनले भने, ‘नयाँ क्रेडिट रेटिङ कम्पनीको स्थापनासँगै नेपालको बजार सम्भाव्यताका आधार तथा वित्त बजारमा बढी पारदर्शीता ल्याउने छ ।’

कम्पनीले साधारण सेयर (आइपिओ)को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामूहिक लगानी कोष (म्युचुअल फण्ड), अग्राधिकार सेयर निष्कासन गर्ने कार्यका लागिसमेत स्तर निर्धारण गर्ने केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जानकारी दिए । साथै इन्स्योरेन्स कम्पनी, सम्पत्ति व्यवस्थापन सम्बन्धी कम्पनीहरु एवम् साना तथा मझौला उद्यमहरुको समेम रेटिङ गर्ने बताए ।

कम्पनीमा भारतीय कम्पनी केयर इण्डियाको ५१ प्रतिशत र अन्य नेपाली लगानीकर्ताको लगानी रहेको छ । नेपाली लगानीकर्ताहरुमा इमर्जिङ नेपाल लिमिटेड र बिशाल ग्रुपको १०÷१० प्रतिशत, अर्पित अग्रवालको ९ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी, ग्लोबल आइएमई, प्रुडेन्सियल लाईफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५÷५ प्रतिशत लगानी रहेको छ । कम्पनीको बोर्ड अफ डाईरेक्टरमा अध्यक्षमा एसबी मैनाक, निर्देशकहरूमा राजेश मोकाशी, मेहुल पाण्डे र डा. विनोद आत्रेय रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL