Logo

सामसुङको इम्प्लोइ भोलेन्टियर कार्यक्रम, ग्राफिक डिजाइनिङ र फोटोसप सम्बन्धी तालीम प्रदान

सामसुङको इम्प्लोइ भोलेन्टियर कार्यक्रम, ग्राफिक डिजाइनिङ र फोटोसप सम्बन्धी तालीम प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले विगतका केही वर्षदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली जनताहरुलाई सहयोग गर्दै आएको छ ।

हालै, सामसङ (दक्षिण कोरिया) ले विभिन्न सिएसआर परियोजनामध्ये सामसुङ इम्प्लोइ भोलेन्टियर प्रोग्राम आयोजना गरी नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसका लागि सामसङ कोरियाबाट २६ जनाको टोलि समेत नेपाल आएका थिए ।

महिला उद्यमशीलतालाई सहयोग गर्ने उद्देश्य सहित, सामसङ टिमले उनीहरुको लागि ग्राफिक डिजाइनिङ र फोटोसप सम्बन्धी विशेष तालीम प्रदान गरेको थियो । यसबाट महिला उद्यमशीलताको मात्र विकाश हैन उनीहरुको भावी जीवन नै विशेष उपलब्धिपूर्ण हुने विश्वास सामसङले लिएको छ ।

सामसङ टिमको प्राविधिक समुहले नेपालका करिव १०० विद्यार्थी र विभिन्न ७ वटा स्कुलका १० जना कम्प्युटर शिक्षकहरुलाई प्रशिक्षण दिएको थियो ।

यसको लागि आवश्यक पर्ने आइटी इक्युपमेन्ट तथा अन्य आवश्यक पर्ने टे«निङ म्याटेरियलहरु कोरियाबाटै खरिद गरी ल्याइएको थियो र त्यसपछि विद्यालयमा प्रदान समेत गरिएको छ ।

यसबाट करिव ७ हजार भन्दा धेरै विद्यार्थीहरु लाभान्वित हुने विश्वास सामसङले लिएको छ ।

यस्तो ट्रेनिङ अफ्रिकाका मुलुकहरुमा पनि गरिएको थियो यस्तो कार्यक्रम त्यहाँ सफल मात्र भएन, ट्रेनिङ्ग लिएका व्यक्तिहरुको जीवन नै बदलिएको थियो । त्यसैले नेपालमा पनि यो उपयोगी सिद्ध हुने छ ।

यो वर्कशप नोभेम्बर महिनाको ११ तारिखदेखि १७ तारिखसम्म सञ्चालन गरिएको थियो । स्थानको छनौट गर्ने सिलसिलामा ज्ञान सिन्धु एकेडेमीलाई छनौट गरिएको थियो ।

ज्ञानसिन्धु एकेडेमीमा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा कक्षा ७ र ८ का विद्यार्थीहरुलाई एम एस वर्ड र ९ कक्षाका २६ विद्यार्थीहरुलाई तथा अन्य स्थानीय उच्च मा.वि.का विद्यार्थीहरुलाई समेत सहभागी गराई एचटीएमएल सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो । सामसङ टिमले अन्य स्थानीय स्कुलका समेत १० जना प्रशासनसँग सम्बन्धित कर्मचारीहरुलाई एम एस एक्सल सम्बन्धी तालिम तथा १० जना शिक्षकहरुलाई एम एस प्वावर प्वाइन्ट सम्बन्धी तालिम प्रदान गरेको थियो । साथै विद्यालय समय पश्चात् कक्षा सकिए पछि सामसङ टिम भित्ते चित्रकला मा सहभागी पनि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
MBL