Logo

ताम्राकार कम्प्लेक्समा सामसुङ मोबाइल महोत्सव हुँदै, भ्यालेन्टाइन डेमा स्पेशल उपहार

ताम्राकार कम्प्लेक्समा सामसुङ मोबाइल महोत्सव हुँदै, भ्यालेन्टाइन डेमा स्पेशल उपहार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ माघ, काठमाडौं । ताम्राकार कम्प्लेक्सले आफ्नो सातौं वार्षिक उत्सवको अवसर सामसुङ मोबाइल महोत्सव २०१५ आयोजना गर्ने भएको छ । मंगलबार एक कार्यक्रम गरी फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम सहित महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

सामसुङ मोबाइल एण्ड इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्मको छुट दिने बताए । साथै, हरेक दिन लक्की ड्र गरी ३० हजार रुपैंया बराबरको स्मार्टफोन बम्पर उपहार स्वरुप दिइने छ । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने छ ।

कार्यक्रममा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले महोत्सवको अवसरमा मोबाइल एक्सचेन्जको व्यवस्था पनि गरिएको जानकारी दिए । महोत्सवले कम्प्लेक्सको बजार प्रबद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ थियो । साथै, महोत्सवको अवसरमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने भएको छ । जस अनुसार ताम्राकार कम्प्लेक्समा भइरहेको मोबाइल महोत्सव २०१५ तथा भ्यालेन्टाइन डेमा मोबाइल खरिद गर्ने जोडीलाई भ्यालेन्टाइन स्पेशल गिफ्ट दिइने छ ।

मोबाइल महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्र्मार्फत उपहार दिइने मेला महोत्सवका संयोजक कृष्णप्रसाद कर्माचार्यले जानकारी दिए । कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निःशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने उनले जानकारी दिए । ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गनछन् ।

महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा विभिन्न मर्मत तथा सर्भिसका लागि आउने हरेक ग्राहकहरुले लक्की ड्र क्यासब्याकमार्फत ५ देखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL