Logo

नेप्से परिसुचक साढे ६ अंकले बढ्यो, ५१ करोडको कारोवार

नेप्से परिसुचक साढे ६ अंकले बढ्यो, ५१ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१३ माघ, काठमाडौं । मंगलबार नेप्से परिसुचक ६ दशमलव ५१ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक ९ सय ७५ दशमलव १४ अंकमा पुगेर अडिएको छ ।

मंगलबार सबैभन्दा बढी बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बजारमा प्रभाव पार्ने बैंकिङ परिसुचक ९ दशमलव १२ अंकले बढेपछि समग्र नेप्से परिसुचक पनि उकालो लागेको हो । यस्तै, होटल, विकास बैंक, फाइनान्स र अन्य  समुहका परिसुचक पनि उकालो लागेका छन् । तर, कुनै पनि समुहका परिसुचक १० अंकभन्दा माथी बढ्न सकेको छैन ।

बजारमा जलविद्युत्, बीमा र उत्पादनमुलक समुहका परिसुचक भने घटेको छ ।

मंगलबार ५१ करोड २९ लाख रुपैयाँ बरावरको ३२ लाख ५२ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रभु बैंकको प्रमोटर सेयर कारोवार भएपछि रकम तथा सेयर कारोवार संख्या बढेको हो । सो बैंकको २२ करोड २८ लाख रुपैयाँ बरावरको सयेर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL