Logo

८ अंकले ओरालो लाग्यो बजार, इन्भेष्टमेन्ट बैंकको मात्रै २१ करोडको कारोवार

८ अंकले ओरालो लाग्यो बजार, इन्भेष्टमेन्ट बैंकको मात्रै २१ करोडको कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तत घटेको छ । मंगलबार बजार ८ दशमलव १४ अंकले ओरालो लाग्दै १ हजार ३ सय ४७ अंकमा झरेर अडिएको छ ।

बजारमा उत्पादनमुलक वाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । तर कुनै पनि समुहका परिसुचक उच्च रुपमा घटेको छैन । मंगलबार सबैभन्दा बढी होटल समुहको परिसुचक ओरालो लागेको छ । होटल समुह २७ अंकले ओरालो लाग्दा बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ११ अंकले घटेको छ । बीमा, जलविद्युत, विकास बैंक तथा फाइनान्स समुहको परिसुचक भने सामान्य मात्र घटेको छ ।

बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको खरिदविक्री बढ्दा समग्र रुपमा कारोवार बढ्न पुगेको छ । इन्भेष्टमेन्टको २१ करोड रुपैयाँ बरावरको संस्थापक सेयर खरिदविक्री भएको छ । दिनभर कुल १ सय ३७ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ५२ करोड ८५ लाख रुपैयाँ बरावरको ९ लाख ४५ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL