Logo

फोटोनको हर्षोत्सव अफर : गाडी किन्दा आकर्षक उपहार र छुट सुविधा

फोटोनको हर्षोत्सव अफर : गाडी किन्दा आकर्षक उपहार र छुट सुविधा



काठमाडौं । दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन टीएम १ मा सीमित समयको विशेष अफर सार्वजनिक गरेको छ। यो विशेष अफरले नेपालीहरूको महान चाड दशैं र तिहारलाई अझ रमाइलो र लाभदायक बनाउनेछ।

फोटोनले ईभी भ्यान योजनामार्फत यो दशैंलाई अझै विशेष बनाउँदैछ। ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक, ५५ इन्चको स्मार्ट टेलिभिजन, लुगा धुने मेसिन र फ्रिजजस्ता आकर्षक उपहारहरू प्राप्त गर्नेछन्।

हरेक बुकिङमा निश्चित उपहारको रूपमा सामसङ मोबाइल ए०७ (६/१२८ जीबी) प्रदान गरिने कम्पनीले जानकारी दिएको । यो योजनामा थप सुविधाहरू पनि समावेश छन्। १ वर्षको पूर्ण बीमा (अटो प्लस) र बीमामा नगदरहित सुविधा। ५ पटकसम्म निःशुल्क सर्भिसिङ र अगाडिको ब्रेक प्याडको सेट निःशुल्क। पूरा आर्थिक वर्षको सडक कर कम्पनीले नै व्यहोर्नेछ। फोटोन टीएम १ मा पनि यो दशैंमा आकर्षक अफरहरू उपलब्ध छन्।

टीएम १ अब दशैं विशेष मूल्य २६ लाख ९९ हजार रुपैयाँमा प्राप्त गर्न सकिनेछ। साथै, हरेक खरिदकर्ताले निश्चित बुकिङ उपहार प्राप्त गर्नेछन्। यो योजनामा थप सुविधाहरूमा १ वर्षको पूर्ण सवारी बीमा र नगदरहित बीमा निःशुल्क। पूरा आर्थिक वर्षको सडक कर कम्पनीले नै व्यहोर्नेछ। यी अफरहरूमार्फत फोटोन नेपालले केवल गाडी मात्र होइन, मूल्य, हेरचाह र वातावरणमैत्री गतिशीलता पनि प्रदान गर्नेछ। फोटोन ईभी भ्यान र टीएम१ दुवै आराम, दक्षता र विश्वसनीयताका लागि डिजाइन गरिएका गाडीहरू हुन्, जसमा अब दशैं–तिहारको विशेष बोनस पनि थपिएको छ।

प्रतिक्रिया दिनुहोस्