Logo

मंगलबार उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

मंगलबार उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवाति देखि उकालो लाग्न सुरु गरेको नेप्से अन्तिम समयमा २८.६२ अंकले बढ्दै २०२७ को विन्दुमा पुगेर बन्द भएको हो ।

laxmi

आज कारोबार अवधिभर ३ सय २० कम्पनीका ९८ लाख ५५ हजार २ सय ८५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ माथि पुगेको छ ।

आज २ सय १९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा २२ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । आज ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL