Logo

दिनभर उत्तरचढाव भएको नेप्से अन्तमा २५ अंकले बढ्यो, बीमाका लगानीकर्ता उचालिए

दिनभर उत्तरचढाव भएको नेप्से अन्तमा २५ अंकले बढ्यो, बीमाका लगानीकर्ता उचालिए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजार खुलेको केही समय ओरालो लागेको नेप्से परिसुचक अन्तत बढ्न पुगेको छ । केही समय दोहोरो अंकले ओरालो लागेपनि अन्तमा नेप्से साढे २५ अंकले बढेको हो ।

आइतबार बैंक र बीमा समुहका परिसुचक उकालो लागेसँगै समग्र बजार उच्च रुपमा बढेको हो । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक २ सय ९६ अंकले उकालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि केही समययता उकालो लागेको छ । आज पनि सो समुहको परिसुचक १४ अंकले बढेको हो ।

बजारमा उत्पादनमुलक र होटल समुह बाहेक सबै समुहका पसिसुचक उकालो लागेका छन् । आइतबार विकास बैंक पनि झण्डै ३० अंकले बढेको छ भने फाइनान्स समुह २१ अंकले उकालो लागेको छ ।

पछिल्लो समय कारोवार रकममा पनि सुधार आएको छ । बजारमा कुल १ सय ४४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ६६ करोड ६५ लाख रुपैयाँ बरावरको २० लाख ७७ हजार कित्ता सेयर खरिदविक्री भएका छन् । जसमा बैंक अफ काठमाडौं लुम्बिनी र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड रुपैयाँभन्दा बढीको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL