Logo

लगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने

लगनखेलमा सुरु भयो यामाहा ‘ब्लू फेस्ट २०८२’, जुनसुकै पुरानो बाइक सजिलै साट्न सकिने



काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजबाट काठमाडौको लगनखेल बसपार्कमा सुरु भएको छ। असार १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन वडा अध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन्।

सात दिनसम्म चल्ने यस रोमाञ्चक महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक तथा स्कुटर सजिलै साट्न सकिने व्यवस्था गरिएको छ। कार्यक्रमको मुख्य आकर्षण भनेकै बाइकको मूल्यांकनमा दिइने विशेष सुविधा र अतिरिक्त बोनस हो। यामाहाले आफ्ना बाइक तथा स्कुटरहरूमा न्यूनतम पचास हजार रुपैयाँ मूल्यांकन गर्ने भनेका छन् भने अन्य ब्रान्डमा कर चुक्ता भएको अवस्थामा पनि न्यूनतम पच्चीस हजार रुपैयाँको मूल्यांकन उपलब्ध गराइनेछ। त्यसमा थप दश हजार रुपैयाँ बोनस, छ हजार रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक्सेसरिज र चालु आर्थिक वर्षको सडक कर भुक्तानसमेत निःशुल्क दिइनेछ। साथै, ग्यारेन्टर बिना मात्र सात दशमलव नौ नौ प्रतिशत ब्याजदरमा वित्तीय सुविधा पनि उपलब्ध हुनेछ।

यामाहाले नेपाली सवारी साधकहरूका लागि विविध शैलीका र शक्तिशाली बाइक र स्कुटरहरू बजारमा ल्याउँदै आएको छ। उच्च माइलेज दिने र एआरएआईद्वारा प्रमाणित रहेको रे जेड आर एक सय पच्चीस एफआई हाइब्रिड स्कुटरदेखि सुरु भई स्पोर्टी लुकमा रहेको आर पन्ध्र भी चार, सडकमा दमदार उपस्थिति दिने एमटी पन्ध्र भी दुई र एफजेड भी तीन श्रृंखला, अफरोड बाइक डब्लूआर एक सय पचपन्न आर र एयरोक्स एक सय पचपन्नजस्ता पर्फर्मेन्स स्कुटरसम्मका विकल्प ग्राहकले अवलोकन गर्न सक्नेछन्।

यामाहाले प्रयोग गर्दै आएको जापानी प्रविधिले राइडरहरूलाई सुरक्षित, सहज र रोमाञ्चक अनुभव दिन सफल हुँदै आएको छ। यामाहा ब्लू फेस्ट केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई सवारी संस्कृतिको उत्सव पनि हो, जहाँ नवप्रवर्तन, रमाइलो र राइडर समुदायबीचको सम्बन्ध मिसिएको देखिन्छ। यदि तपाईं आफ्नो पुरानो बाइक अपग्रेड गर्न चाहनुहुन्छ वा सवारीका सौखिन हुनुहुन्छ भने, यो हप्ता लगनखेल पुगेर यामाहा ब्लू फेस्टको अनुभव लिन सक्नुहुन्छ।

देशभरका राइडरहरू माझ लोकप्रियता कमाउँदै आएको यामाहा नेपाल एमएडब्लु राइड्सको नेतृत्वमा सञ्चालित एक भरपर्दो दुईपांग्रे ब्रान्ड हो। यामाहाले प्रविधि, प्रदर्शन र ग्राहक सन्तुष्टिलाई सधैँ प्राथमिकतामा राख्दै उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This