काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले धमाधम म्युचुअल फन्ड जारी गरिरहेका छन् । पछिल्लो समय आरबिबि फोकस ४० को इकाई बिक्री खुला भइरहेको छ भने ९ वटाले म्युचुअल फन्ड बिक्रीको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । म्युचुअल फन्ड बिक्रीका लागि धितोपत्र बोर्डमा आवेदन दिनेमा ७ वटाको कोष प्रबद्र्धकमा वाणिज्य बैंक रहेका छन् भने १ विकास बैंक र १ इन्स्योरेन्स कम्पनी रहेका छन् । आवेदन माग गर्नेमध्ये ७ वटा बन्दमुखी योजना हुन् भने २ वटा खुलामुखी योजना रहेका छन् ।
आबिबि मर्चेन्ट बैंकिङले आफ्नो व्यवस्थापनमा गत भदौ १८ गतेदेखि आरबिबि फोकस ४० को बिक्री खुला गरेको छ । आरबिबि मर्चेन्ट बैंकिङले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । यसमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । आरबिबि फोकस ४० मा न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । सो योजनामा न्यूनतम १ सयदेखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
यता, धितोपत्र बोर्ड समक्ष म्युचुअल फन्ड बिक्री गर्ने अनुमति माग्नेमा सानिमा इक्विटी फन्ड २ रहेको छ । यसले १० करोड इकाई निष्काशन अनुमति मागेको हो । जसअनुसार यस फन्डले प्रतिकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो । यसको कोष व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ । एलएस होराइजन १२ ले १२ करोड इकाई जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छ । जसअनुसार यस फन्डले प्रतिकाई १० रुपैयाँमा १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो । यसको कोष व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
त्यस्तै, सिद्धार्थ इक्विटी फन्ड २ ले १० करोड इकाई जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छ । जसअनुसार यस फन्डले प्रतिकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो । यसको कोष व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेको छ । नबिल ग्रोथ फन्डले १० करोड इकाई जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छ । जसअनुसार यस फन्डले प्रतिकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो । यसको कोष व्यवस्थापकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
यता, हिमालयन दीर्घकालिन बचत योजनाले १० करोड इकाई जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छ । जसअनुसार यस फन्डले प्रतिकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो । यसको कोष व्यवस्थापकमा हिमालयन क्यापिटल रहेको छ । माछापुच्छ«े एसआईपी योजनाले ५ करोड इकाई जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छ । जसअनुसार यस फन्डले प्रतिकाई १० रुपैयाँमा ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो । यसको कोष व्यवस्थापकमा माछापुच्छ«े क्यापिटल रहेको छ ।
साथै, सिटिजन्स सन्तुलित योजनाले १० करोड इकाई जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छ । जसअनुसार यस फन्डले प्रतिकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो । यसको कोष व्यवस्थापकमा सिटिजन्स क्यापिटल रहेको छ । त्यस्तै, विकास बैंकमा मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ म्युचुअल फन्ड २ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । फन्डले १० करोड इकाई बिक्रीको लागि बोर्डसमक्ष अनुमति मागेको हो । जसअनुसार यस फन्डले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो । यसको कोष व्यवस्थापकमा मुक्तिनाथ क्यापिटल रहेको छ । यता, नेपाल लाइफले पहिलो पटक म्युचुअल फन्ड जारी गर्न लागेको हो । यसले नेपाल लाइफ समवृद्धि लगानी योजनाको १६ करोड इकाई जारी गर्न लागेको हो । जसअनुसार यस फन्डले १ अर्ब ६० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो । यसको कोष व्यवस्थापकमा नेपाल लाइफ क्यापिटल रहेको छ ।