Logo

अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी

अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी



काठमाडौं । जेनजी युवाहरुको समूहले अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । सर्वोच्च अदालत प्रवेश गरेका उनीहरूले सुरुमै सर्वोच्च अदालत परिसरमा रहेका सवारीसाधनमा आगजनी गरे । त्यसपछि अदालतभित्र प्रवेश गरेर उनीहरूले आगो लगाएका थिए ।

त्यस्तै, युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्