Logo

१० बजेदेखि देशको सुरक्षा सेनाले गर्दै

१० बजेदेखि देशको सुरक्षा सेनाले गर्दै



काठमाडौं । देशभर फैलिएको असामान्य अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना आज राति १० बजेदेखि देशको सुरक्षाका लागि तैनाथ हुने भएको छ ।

नेपाली सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पु‍र्‍याउने, लुटपाट तथा आगजनी गर्ने गतिविधि बढेको उल्लेख गर्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपालीको सुरक्षाका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते राति १० बजेदेखि दृढ रहनेछ ।

यस्तै, राष्ट्रबासीलाई सहयोग गर्न पनि सेनाले अपिल गरेको छ । सुरक्षा अवस्थाको पुनर्मूल्याङ्कन गरी आवश्यकतानुसार थप सूचना जारी गर्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्