Logo

जगदम्बा मोटर्सको दोस्रो एओजी नाइट राइड सम्पन्न, २५ जना राइडरहरुको सहभागिता

जगदम्बा मोटर्सको दोस्रो एओजी नाइट राइड सम्पन्न, २५ जना राइडरहरुको सहभागिता



काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौँको नक्साल शोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीआ मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलले गरेका हुन् ।

laxmi

२५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा। दीपक कुमार दासको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमको दोस्रो दिन हाम्रा हेड मार्सलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । श्रेष्ठ आफै पनि यस सवारीको एक हिस्सा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL