Logo

धितोपत्र बोर्ड अध्यक्ष छनोटको लागि बुधबारलाई पुनः बोलाईयो अन्तरवार्ता

धितोपत्र बोर्ड अध्यक्ष छनोटको लागि बुधबारलाई पुनः बोलाईयो अन्तरवार्ता



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि सर्टलिस्टमा परेकाहरुका लागि पुनः अन्तरवार्ताका लागि बोलाईएको छ । आईतबार (आज) सर्टलिस्टमा परेका ५ जनालाई अन्तरवार्तामा बोलाईएकोमा ३ जना अनुपस्थित भएपछि पुनः अन्तरवार्ताका लागि अर्काे मिति तोकिएको हो ।

अर्थमन्त्रालय स्रोतका अनुसार अन्तरवार्तामा उपस्थित नभएका बाँकी ३ जनाका लागि बुधबार बोलाईएको छ । मन्त्रालयले बुधबार बोर्ड अध्यक्षको लागि व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता भन्दै अर्काे सूचना प्रकाशित गरेको हो ।

आईतबार भएको अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र उपस्थित भएका थिए । तर, कृष्ण बहादुर कार्की काज बिदामा जिल्ला बाहिर गएका कारण उपस्थित भएका थिएनन् भने चिरञ्जीवी चापागाईँ र नवराज अधिकारी विरामी भएका कारण उपस्थित हुन नसकेको सम्बन्धित स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्