Logo

रानाले सम्हाले धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी, आईपीओ स्वीकृतिदेखि नयाँ स्टक लाइसेन्स वितरणसम्मको अधिकार

रानाले सम्हाले धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी, आईपीओ स्वीकृतिदेखि नयाँ स्टक लाइसेन्स वितरणसम्मको अधिकार



काठमाडौं । सहसचिव नरेन्द्र कुमार रानाले धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । केही समयअघि अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा आफ्नोतर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि रितेश शाक्यलाई हटाएर रानालाई पठाएसँगै उनले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

laxmi

बोर्ड सदस्यमा नियुक्त रानाले धितोपत्र बोर्ड ऐन अनुसार स्वतः अध्यक्ष भएका हुन् । उनले अर्थमन्त्री वर्षमान पुनसँग सफथ लिएर पूर्ण अधिकार सहितको अध्यक्ष भएर बोर्डको जिम्मेवारी सम्हालेका हुन् ।

बोर्ड अध्यक्षको रुपमा सोमबार अर्थमन्त्री पुन समक्ष सपथ लिएका रानाले मंगलबार मात्रै आफ्नो कार्यभार सम्हालेका हुन् । धितोपत्र बोर्डको संशोधित नयाँ ऐन अनुसार बोर्ड अध्यक्ष खाली भएको अवस्थामा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य स्वत अध्यक्ष हुने उनले अध्यक्षको सबै अधिकार प्रयोग गर्न सक्नेछन् ।

मन्त्रालय स्रोतका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि उनले पूर्णकालिन अध्यक्षको रुपमा काम गर्नेगरी बोर्डमा गएका हुन् । केही समयअघि मात्रै अर्थमन्त्रालयमा आएका रानाले हाल मन्त्रालय अन्तरगतको विभागीय जिम्मेवारी समेत सम्हालेका छैनन् ।

नियमित प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्त गर्न ढिलाई हुँदा पछिल्लो समय आईपीओ निष्काशनदेखि सुधारका काम कारबाही समेत अघि बढ्न सकेको थिएन । तर राना अध्यक्ष भएर गएसँगै आईपीओ निकाष्काशन देखि नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स वितरणका लागि समेत कानूनी बाटो खुला भएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै हालसम्म बोर्डले नेतृत्व पाउने सकेको थिएन । अर्थ मन्त्रालयले नियमित प्रक्रियाबाट अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि हाल अन्यौलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL