Logo

धितोपत्र बोर्ड अध्यक्षमा रानालाई पठाउँदै अर्थ मन्त्रालय

धितोपत्र बोर्ड अध्यक्षमा रानालाई पठाउँदै अर्थ मन्त्रालय



काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएको छ । धितोपत्र बोर्ड ऐनमा भएको नयाँ व्यवस्था अनुसार अर्थ मन्त्रालयले बोर्ड अध्यक्षमा सहसचिव रानालाई पठाउन लागेको हो ।

laxmi

केही समयअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएर आएका रानाले हाल विभागीय जिम्मेवारी सम्हालेका छैनन् । तर, ऐनमा भएको नयाँ व्यवस्था अनुसार बोर्डको अध्यक्ष रित्त रहेको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधि गर्ने सदस्य स्वत अध्यक्ष हुने व्यवस्था छ । सोही अनुरुप नियमित प्रक्रियाबाट अध्यक्ष नियुक्त नहुन्जेलसम्मका लागि अर्थमन्त्री वर्षमान पुनले रानालाई बोर्ड अध्यक्ष बनाएर पठाउन लागेका हुन् ।

हाल बोर्डमा अर्थ मन्त्रालयको तर्फबाट रितेश शाक्यले प्रतिनिधित्व गर्दै आएका छन् । ऐनमा भएको नयाँ व्यवस्था अनुसार हाल शाक्यले नै बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । तर, अहिले बोर्डमा आईपीओ स्वीकृति लगायतका धेरै काम अघि बढ्न नसकेकाले अर्थमन्त्री पुनले शाक्यलाई हटाएर रानालाई पठाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL