Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दाहोरो अंकको गिरावट देखिएको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा आइपुगेको छ । यसभन्दा अघिल्लो कारोबार दिन पनि सेयर बजार घटेको थियो । यसअघिको कारोबार दिन मंगलबार नेप्से सूचक १४.८१ अंकले घटेको थियो ।

laxmi

पछिल्लो केहि समय यता नेप्से सूचकसँगै कारोबार रकम पनि घट्दो अवस्थामा रहेको छ । मंगलबार २ अर्ब १० करोड ३० लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको सेयर बजारमा बिहीबार २ अर्ब ९ करोढ ३३ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । मंगलबार भन्दा अघिल्ला कारोबार दिनहरुमा सेयर बजारमा ३ अर्ब माथिको कारोबार हुने गरको थियो ।

बिहीबार कारोबारमा आएका ३ सय १५ कम्पनीका ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर ४० हजार ९ सय १२ पटक किनबेच भएका छन । आज कारोबारमा आएको २७ मात्र कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी २ सय ११ कम्पनीको सेयर मूल्य घटेको छ ।

बिहीबार १७ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स पहिलो स्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सूर्यज्योति लाइफ इन्सुरेन्स र पोखरा फाइनान्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL