Logo

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि सामान्य बढ्यो

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि सामान्य बढ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । यस दिन सेयर बजार मापक नेप्से सूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा पुगेको छ ।

laxmi

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन २ अर्ब २३ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१३ कम्पनीकाे ५३ हजार ६१९ पटकको कारोबारमा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६६ लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

बिहीबार १३ मध्ये ८ उपसमूहको परिसूचक बढेपछि नेप्से सामान्य अंक बढ्न पुगेको हो । आज विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ। यस दिन बैंकिङ, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको हो ।

बिहीबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज हिमालयन हाइड्रोपावरको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सामलिङ्ग पावर कम्पनीको सेययरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको सेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा बिहीबार सर्वोत्तम सिमेन्ट उच्च स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १९ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी, आज गोर्खाज फाइनान्सको १६ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १५ करोड नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL