Logo

सेयर बजार १०.८३ अंकले घट्यो, दुई कम्पनीमा सकारात्मक सर्किट

सेयर बजार १०.८३ अंकले घट्यो, दुई कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । मंगलबार बढेको सेयर बजार बुधबार घटेको हो । बुधबार सेयर बजार मापम नेप्से सूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा झरेको छ । मंगलबार नेप्से सूचक १० अंकको हाराहारीमा बढेको थियो । नेप्से सूचकसँगै बुधबार कारोबार रकम पनि घटेको छ ।

laxmi

अघिल्लो कारोबार दिन २ अर्ब ३५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ३ सय १० कम्पनीको ६० लाख ४७ हजार कित्ता सेयर ४४ हजार २४९ पटकको खरिदबिक्री भएको छ । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.९१ प्रतिशत बढेको हो ।

कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७२ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । गत मंगलबारदेखि कारोबारमा आएको सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर मूल्यमा बुधबार पनि सकारात्मक सर्किट लागेको छ । आज यस दिन हिमालयन ८०–२० को इकाईमूल्य ९.९३ प्रतिशत बढेको छ ।

यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ५.६६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट पहिलो स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जोशी हाइड्रोपावरको ८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL