Logo

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो



काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । यस अगाडीको पहिलो कारोबार दिन सोमबार घटेको सेयर बजार मंगलबार बढेको हो । आइतबार होली बिदाको कारण सेयर कारोबार भएको थिएन । मंगलबार सेयर बजार १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको छ । सोमबार सेयर बजार १७.०१ अंकले घटेको थियो ।

laxmi

सोमबारको तुलनमा मंगलबार सेयर कारोबार रकम पनि घटेको छ । सोमबार २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १ सय ६८ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ६८ कम्पनीको सेयरमूल्य घटेको छ भने १० कम्पनीकाे सेयर मूल्य यथावत रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनायो । आज कारोबारमा आएको ३ कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा आज पाँचौ कारोबार दिन पनि सकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये तीन उपसमूहका सेयर मूल्य घटेको छ भने बाँकी १० उपसमूहको सेयर मूल्य बढेको छ । आज ९ करोड ३१ लाख रुपैयाँभन्दा बढी कारोबार रकम सहित शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र जोशी हाइड्रोपावर परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL