Logo

लगानीकर्ताले धान्न सकेनन् बजार, २८ अंकले घट्दा ४ अर्बबाट झर्यो कारोबार

लगानीकर्ताले धान्न सकेनन् बजार, २८ अंकले घट्दा ४ अर्बबाट झर्यो कारोबार



काठमाडौं । नयाँ सरकार गठनसँगै केही समय उकालो लागेको नेप्से परिसुचक पुनः घट्न सुरु गरेको छ । अर्थमन्त्रीमा वर्षमान पुनको आगमनसँगै लगातार ४ दिन बढेको बजार बुधबारबाट पुन घट्न सुरु गरेको हो ।

laxmi

नयाँ सरकार गठनसँगै केही दिन लगानीकर्ताले बजार बढाएपनि पछिल्लो समय बजारमा बढी सप्लाई आउन थालेपछि घट्न थालेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बजार बन्द भएको छ ।

बिहीबार सेयर बजार मापक नेप्से सूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा झरेको छ । साताको तेस्रो कारोबार दिन बुधबार २.४८ अंकले घटेर २१ सय ८ को विन्दुमा पुगेको थियो । बुधबारको तुलनमा बिहीबार कारोबार रकम पनि घटेको छ ।

बिहीबार ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १ सय ९६ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा करेक्सन भएपनि यस दिन दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट तहमा पुगेको छ । यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गोर्खाज फाइनान्सको ८.०८ प्रतिशत बढेको छ । यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ६.०२ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन माथिल्लो तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५० करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको २४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको कारोबार रकम १६ करोड नाघेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत घटेको छ ।

यस दिन लघुवित्त उपसमूहको परिसूचक २.०९ प्रतिशत घटेको छ भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL