Logo

‘प्युर चकलेटी जोए’को उद्घोषसहित सूर्य नेपालको टोफिचू इक्लियर नेपाली बजारमा

‘प्युर चकलेटी जोए’को उद्घोषसहित सूर्य नेपालको टोफिचू इक्लियर नेपाली बजारमा



काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचू अन्तर्गत नयाँ क्यान्डी इक्ल्येर नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्युर चकलेटी जोए’को उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तहमा ‘मिल्क चकलेट’ हुनुका साथै भित्री तहमा चकलेट भरी बनाइएको छ ।

laxmi

सुनौलो रंगको आकर्षक ट्वीस्ट र्यापमा प्याक गरिएको ‘टोफिचू इक्ल्येर’ बजारमा उपलब्ध अरु चकलेट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको कम्पनीको दाबी छ ।

कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई ‘इक्लेयर’को बेग्लै आनन्द लिन सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पाँच रुपैयाँमा दुईवटा उपलब्ध हुने इक्लेयर नेपालभरका खुद्रा पसलमा उपलब्ध हुनेछ । इक्लेयरको साथै टोफिचू अन्न्तर्गत विभिन्न ब्रान्डहरू ‘तड्का कच्चा म्याङ्गो’, ‘तड्का लिच्ची’ र ‘डुवोज’ पनि बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL