Logo

सेयर बजारमा ७० अंकको गिरावट, कारोबार रकम भने ४ अर्ब माथि

सेयर बजारमा ७० अंकको गिरावट, कारोबार रकम भने ४ अर्ब माथि



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा भारि अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ७०.३१ अंकले घटेर २००८.६९ बिन्दुमा झरेको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्जमा कारोबार खुलेसँगै निरन्तर तेस्रो अप्पर सर्किट लागेपछि कारोबार नै बन्द भएको सेयर बजार आज भने भारी अंकले घटेको हो । सोमबार नेप्से सूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेर बन्द भएको थियो ।

राजनीतिक परिवर्तन र नयाँ अर्थमन्त्रीको हल्लाका कारण सोमबार ३ पटकसम्म सर्किट ब्रेकर लागेको सेयर बजार मंगलबार भने घटेको हो । सोमबार नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुने सम्भावना रहेको कारण सेयर बजार बढेको सम्बद्ध व्यक्तिको धारणा थियो ।

अघिल्लो कारोबार दिनमा तीन अर्बको हाराहारीमा कारोबार भइरहेको सेयर बजारमा आज कारोबार रकम भने बढेको छ । आज ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

मंगलबार कारोबारमा आएको ३३ कम्पनीकोमात्र सेयर मूलय बढेको छ । २ सय १३ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL