Logo

प्रि–ओपन सेसनमा १६ अंकले बढ्यो नेप्से सूचक, कस्तो रहला आज सेयर बजार ?

प्रि–ओपन सेसनमा १६ अंकले बढ्यो नेप्से सूचक, कस्तो रहला आज सेयर बजार ?



काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस सेसनमा नेप्से परिसूचक करिब १७ अंक बढेको छ ।

laxmi

अघिल्लो कारोबार दिन अर्थात सोमबार ११७.७० अंक बढेर २०७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.७० अंक बढेर २०९४.७१ विन्दुमा पुगेको छ ।

मंगलबार प्रि–ओपन सेसनमा १६९ स्टकको ४ करोड ५ लाख ९३ हजार ५७९ रुपैयाँ बराबरको १ लाख ७ हजार २२५ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये १३९ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी २४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL