Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पनि घट्यो

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पनि घट्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक ११.७८ अंकले घटेर १९६०.३० बिन्दुमा झरेको छ ।

laxmi

गता साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले नै घटेको थियो । बिहीबार नेप्से सूचक २८.६८ अंकले घटेको थियो । बिहीबारको तुलनामा सेयर कारोबार रकम पनि घटेको छ ।

बिहीबार २ अर्ब २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा आज २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

यस दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ९.७० प्रतिशत बढेको छ । त्यस्तै, यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य ८.४५ प्रतिशत बढेको छ भने सिवाईसी लघुवित्तको सेयरमूल्य ७.८० प्रतिशत बढेको छ ।

पछिल्ला कारोबार दिनहरुमा निरन्तरजसो सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य भने यस दिन ५.६९ प्रतिशत बढेको छ । यस दिन चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.४९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि–इन्स्योरेन्सको कारोबार रकम ८ करोड नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL