Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २ अर्ब माथिको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २ अर्ब माथिको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा झरेको छ ।

laxmi

बिहीबार २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ३ सय ९ कम्पनीको ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर ४८ हजार ३ सय ४९ पटक किन बेच भएको छ ।

कारोबारमा आएका १७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । बाँकी २ सय २० कम्पनीको सेयर मूल्य घटेको छ भने, ११ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

बिहीबार बोटलर्स नेपाल (बलाजु) को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज यस कम्पनीको सेयरमूल्य यस दिन १ हजार ९६४ रुपैयाँ १० पैसा बढेर २१ हजार ६०५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। बिहीबार मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ ।

आज जोशी हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ३९ रुपैयाँ घटेर ३५० रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको यस दिन सो कम्पनीको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, आज जोशी हाइड्रोपावरको कारोबार रकम १० करोड नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ ।

यसैगरी, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । यसैगरी, विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL