Logo

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो



काठमाडौं । सातको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार घटेको छ । अघिल्ला कारोबार दिनहरुमा पनि घटेको सेयर बजार बुधबार पनि घटेको हो ।

laxmi

नेपाल स्टक एक्सचेन्स (नेप्से) का अनुसार आज नेप्से सूचक ६.४६ प्रतिशत घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार २७ अंकले घटेको थियो । सोमबार सार्वजनिक बिदा भएको कारण सेयर बजार खुला भएको थिएन । मंगलबार पनि सेयर बजार १.६७ अंकले घटेको थियो ।

बुधबार नेप्से सूचकसँगै कारोबार रकम घटेको छ । आज २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार रुपैयाँ र मंगलबार ३ अर्ब ११ कारोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका ३ सय १३ कम्पनीका ६४ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर कारोबार भएका छन । कारोबारमा ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये एउटा समूहको सूचक मात्र बढेको छ ।

आज ११ करोड १२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र पिपुल्स पावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL