Logo

सामान्य अंकले बढेर बन्द भयो सेयर बजार, सवा ४ अर्बको कारोबार

सामान्य अंकले बढेर बन्द भयो सेयर बजार, सवा ४ अर्बको कारोबार



काठमाडौं । सातको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेको छ । यस दिन सेयर बजार मापम नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० बिन्दुमा आएको छ । यस अघिको कारोबार दिन मंगलबार सेयर बजार ३० अंकले घटेको थियो ।

laxmi

बुधबार ३ सय २ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर ४ अर्ब २५ करोड २७ लाख २२ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएको १ सय ३२ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १ सय ११ कम्पनीको सेयर मूल्य घटेको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.५६ अंक बढेको छ । त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक २.३८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेका छन् ।

आज १७ करोड १७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गार्खाज फाइनान्स र प्राइम बैंक संस्थापक सेयर परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL