Logo

सामान्य बढेर बन्द भयो सेयर बजार, पाँच कम्पनीमा सकारात्मक सर्किट

सामान्य बढेर बन्द भयो सेयर बजार, पाँच कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार सेयर बजार मापक नेप्से सूचक ४.९२ अंकले बढेर २०९०.६४ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको सेयर बजार पछिल्लो तीन कारोबार दीन तगातार बढेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार सोमबार र मंगलबार क्रमश : १४.७५ अंक र ९.४४ अंकले बढेको थियो ।

laxmi

बुधबार २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार पनि मंगलबारको तुलनामा केहि बढेको छ । मंगलबार २ अर्ब ५९ करोड १५लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । साताको पहिलो कारोबार दिन आइतबार आइतबार ३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँ र सोमबार २ अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार ३ सय १३ कम्पनीको ७७ लाख ३२ हजार २ सय ३४ कित्ता सेयर ६५ हजार ४ सय ६३ पटक किनबेच भएको छ । कारोबारमा आएको १ सय ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ । आज कारोबारमा आएको पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार कारोबारमा आएको ६ कम्पनी उपमसूहको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनी उपसमूहको सेयर मूल्य बढेको छ । बुधबार सबैभन्दा धेरै लाईफ इन्स्योरेन्स कम्पनी उपसमूहको सेयर मूल्य बढेको छ । यस उपसमूहको सेयर मूल्य १.२९ प्रतिशत बढेको छ । यसैगरी, सबैभन्दा धेरै अन्य कम्पनी उपसमूहको सेयर मूल्य घटेको छ । यस उपसमूहको सेयर मूल्य आज १.५३ प्रतिशतले घटेको छ ।

बुधबार पनि २४ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र ङादी ग्रुप पावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL