Logo

हकप्रद सेयर जारी गर्दै एशियन लाइफ, साधारण सभाले पारित गर्ने

हकप्रद सेयर जारी गर्दै एशियन लाइफ, साधारण सभाले पारित गर्ने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ७.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

laxmi

यसैगरी, कम्पनीले बीमामा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले ७.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने र उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीको ४२ प्रतिशत (१ः०.४२ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ । उक्त पुँजीमा ४२ प्रतिशत हकप्रद जारी भएमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५ सय ५५ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL