Logo

नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनीको दोस्रो दिन, आकर्षणमा ‘डल्फिन’ विटुमिन,

नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनीको दोस्रो दिन, आकर्षणमा ‘डल्फिन’ विटुमिन,



काठमाडौं । नवौं संस्करणको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ मा डल्फिन विटुमिनले पनि माग लिएको छ । आगामी आईतबारसम्म काठमाडौं स्थित भृकुटी मण्डपमा चल्ने उक्त प्रदर्शनीमा मुख्य आकर्षणको रुपमा एचआर गोयल ग्रुपको विटुमिन स्टल रहेको छ ।

laxmi

उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका, एमवाईके आरमेन्टका उत्पादनहरु, वाटर प्रुफिङ केमिकलहरु आदि प्रदर्शनीमा राखिएका छन् ।
बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्व स्तरीय गुणस्तर भएको भिजी १० तथा भिजी ३० क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एचआर गोयल ग्रूप अन्तर्गतको अरविन्द इम्पोरियमले मात्रै आयात गरी नेपालमा विक्री वितरण गरिरहेको छ ।

विटुमिनका साथै एचआर गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने एमवाईके आरमेन्टका विभिन्न उत्पादनहरु समेतको आधिकारीक बिक्रेता रही नेपाली बजारमा विक्रि वितरण गर्दै आईहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL