काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से आज अन्तिम समयमा ८० अंक माथि बढ्दै २९ सय ५० को विन्दु पार गरेको हो ।
मंगलबार कुल ३ सय १८ कम्पनीका ४ करोड ३२ लाख ९० हजार बढी कित्ता सेयर १ लाख ७५ हजार बढीपटक किनबेच हुँदा कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख नाघेको छ । आज कारोबारमा आएकामध्ये २ सय ३६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १४ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।
आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचकमा हरियाली छाएको छ । आज कारोबारमा आएकामध्ये नेपाल रिइन्स्योरेन्स, शिवम सिमेन्ट र हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी क्रमशः ७१ करोड, ६८ करोड र ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।