Logo

प्रधानमन्त्रीको हवला दिँदै नयाँ स्टक लाईसेन्स दिने अन्तिम कसरतमा हमाल, सफल होला त ‘गंगा’ फर्मुला

प्रधानमन्त्रीको हवला दिँदै नयाँ स्टक लाईसेन्स दिने अन्तिम कसरतमा हमाल, सफल होला त ‘गंगा’ फर्मुला



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल नयाँ स्टक लाईसेन्स वितरणका लागि अन्तिम कसरतमा जुटेका छन् । आफ्नो कार्यकाल सकिन केही समयमात्रै बाँकी रहँदा हमालले नयाँ स्टक लाईसेन्स दिलाउनका लागि शुक्रबार बोर्ड बैंठक राखेर प्रक्रिया अघि बढाउने निर्णय गराएका छन् ।

laxmi

हमाल करिव २ वर्षअघि नयाँ स्टक लाईसेन्स र कमोडिटी लाईसेन्स वितरण गर्ने ठेक्का सहित अध्यक्षमा नियुक्त भएका थिए । तर, उनले नयाँ स्टकको लाईसेन्स वितरण गर्नका लागि ठूलो मात्रामा आर्थिक चलखेल गरेपछि विवादमा तानिएका थिए भने सोही अनुरुप मन्त्रिपरिषद्ले तत्काल वितरण नगर्ने भन्दै रोक लगाएको थियो । तत्कालिन समयमा मन्त्रिपरिषद बैंठकले अर्थ मन्त्रालयको प्रस्तावमा नयाँ स्टक वितरणमा रोक लगाएको थियो । तर अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले नै नयाँ स्टक लाईसेन्स वितरणका लागि प्रक्रिया अघि बढाउन चासो दिएको भन्दै हमालले शुक्रबार बोर्ड बैंठक राखेर सहजिकरण गरिदिनका लागि अर्थतन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको बैंठकमा सहभागि एक सदस्यले जानकारी दिए ।

तत्कालिन समयमा मन्त्रिपरिषद् बैंठकले नयाँ स्टक लाईसेन्समा आर्थिक चलखेल भएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्ने भन्दै तत्कालका लागि रोक लगाएको थियो । तर पछिल्लो समय अध्यक्ष हमालले प्रधानमन्त्री प्रचण्डको छोरी गंगा दाहाललाई रिजाएर जसरी पनि नयाँ स्टक लाईसेन्स वितरण गर्ने भन्दै अन्तिम कसरतमा जुटेको समेत सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

हमालको कार्यकालमा नयाँ स्टक लाईसेन्स आएका देशमा ठूलो नीतिगत भ्रष्टाचार हुने र आगामी दिनमा यस्ता भ्रष्टाचार संस्थागत हुने सांसदहरुले बताउँदै आएपनि हमाल नयाँ स्टक लाईसेन्स वितरण गर्ने सर्तमा बोर्ड अध्यक्ष भएका कारण जसरी पनि लाईसेन्स दिलाईछाड्ने भन्दै शक्तिकेन्द्र धाउन थालेका छन् । उनले पछिल्लो समय नयाँ स्टक लाईसेन्स वितरण र आफ्नो पुनर्नियुक्तिको लागि प्रधानमन्त्री प्रचण्डका छोरी गंगा दाहाललाई २ दर्जनभन्दा बढी पटक भेट गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘अर्थमन्त्री डा. प्रकाशशरण महतबाट नयाँ स्टक लाईसेन्स वितरण र आफ्नो पुनर्नियुक्तीका लागि ग्रीनसिग्न नपाएपनि पछिल्लो समय हमालले उक्त काम गराउनका लागि गंगा दाहाल धेरै पटक भेट गरीसकेका छन्,’ उक्त स्रोतले भन्यो, ‘पछिल्लो समय हमालले अर्थमन्त्रीलाई वाईपास गरेर गंगा दाहालसँगै डील गरेर नयाँ लाईसेन्स वितरण प्रक्रियालाई अघि बढाउने कसरतमा जुटेका छन् ।’

स्टक लाईसेन्स वितरणमा हमालले प्रिपेड करप्सन गरेको र सोही अनुरुप आफ्नो कार्यकालमा जसरी भएपनि लाईसेन्स दिलाएरै छाड्ने भन्दै विभिन्न शक्तिकेन्द्र धाएका छन् । सोही अनुरुप हमालले गतहप्ता कांग्रेस सभापति शेरबहादूर देउवालाई समेत भेट गरी नयाँ स्टक लाईसेन्स वितरणमा सहजिकरण गरिदिन र आफुलाई सोही पदमा पुन नियुक्त गरिदिन आग्रह गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL