Logo

सेबोनमाथि छानविन गर्न नेप्सेका कर्मचारीको माग, आर्थिक चलखेलमा नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स दिन लागेकोमा शंका

सेबोनमाथि छानविन गर्न नेप्सेका कर्मचारीको माग, आर्थिक चलखेलमा नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स दिन लागेकोमा शंका



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन)माथि छानविन गर्न माग गरेका छन् । नेप्से कर्मचारी संघले आईतबार एक विज्ञप्ति जारी गर्दै नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि सेबोनको नेतृत्व र व्यापारिक स्वार्थ समूहबीच आर्थिक मिलेमतो रहेको भन्ने विषयमा छानबिन गर्न माग गरेको हो ।

laxmi

नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालनका लागि नयाँ स्टक एक्सचेन्जलाई इजाजतपत्र (लाइसेन्स) दिने विषयमा सेबोनको नेतृत्व र विभिन्न व्यापारिक स्वार्थ समूहबीच आर्थिक मिलेमतो रहेको भनी विभिन्न सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित हुँदै आएको यस्तो माग गरिएको संघको भनाई छ ।

यस्ता समाचारले धितोपत्रको दोस्रो बजारको कारोबारमा समेत नकारात्मक असर परेको संघले जानकारी दिएको छ । यस सम्बन्धमा नेपाल सरकार, सम्बन्धित निकाय एवं सरोकारावाला पक्षबाट निष्पक्ष, सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाहीको माग पनि संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL