Logo

भूकम्प पीडितसँग युनिलिभरको ऐक्यवद्धता, पीडितलाई ब्लांकेटसहितका राहत सामग्री उपलब्ध

भूकम्प पीडितसँग युनिलिभरको ऐक्यवद्धता, पीडितलाई ब्लांकेटसहितका राहत सामग्री उपलब्ध



काठमाडौं । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भुकम्पबाट प्रभावित जन समुदायहरुको साथमा ऐक्यबद्धता जनाएको छ ।

laxmi

मानवीय सहायता प्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्रीहरु उपलब्ध गराएको छ । यतिखेर जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट अत्याधिक प्रभावित स्थानीय जन समुदामयहरुलाई सहायताको ठूलो आवश्यकता रहेको छ ।

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र औषधोपचार सामग्री, ७०० थान् ब्ल्याँकेटहरु, २५० थान पालहरु र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको छ ।

युनिलिभर नेपालले स्थानीय निकायहरु, संघसंस्थाहरु, संगठनहरु र समुदायहरुसंग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको छ । युनिलिभर नेपाल संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पुर्याउने र समुदायहरुको पुनः निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL