Logo

फेडेरलको दोस्रो बार्षिक साधारण सभा सम्पन्न, संचालकमा नमिता शर्मा नियुक्त

फेडेरलको दोस्रो बार्षिक साधारण सभा सम्पन्न, संचालकमा नमिता शर्मा नियुक्त



काठमाडौं । पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा कम्पनीको सम्पन्न भएको हो । उक्त साधारणसभामा संस्थापक समूहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरिएको छ ।

laxmi

यस्तै सामान्य प्रस्तावतर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९÷०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारितसमत गरेको छ ।

यसैका साथ, विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्याे । उक्त समारोहमा संस्थालाई योगदान पुर्याउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL