Logo

सामसङको दशैं अफर : ४१ प्रतिशत छुटमै घरायसी सामग्री

सामसङको दशैं अफर : ४१ प्रतिशत छुटमै घरायसी सामग्री



काठमाडौं । सामसङ नेपालले ‘रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । यस वर्षको दशैं–तिहारको मौकामा ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू उपलब्ध गराउनेगरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

उक्त अफरबाट चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको छ । यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ । जसमा उत्तिकै आकर्षक क्यासब्याक अफारका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन् ।

सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ र ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफरका साथ आफ्नो घरमा ल्याउन सक्छन् । ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन् ।

होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्नेछन् । ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा ४१ ह्जार ६९० रुपैयाँको बि४५० साउण्डबार सित्तैमा पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL